आइपीएलमा किङ्स इलेभेन पन्जाबको पहिलो जित



युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलेभेन पन्जाबले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गर्दै पन्जाबले पहिलो जित निकालेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटियो ।

बैंगलोरका लागि वासिङ्गटन सुन्दरले सर्वाधिक ३० रन जोडे । यस्तै एबी डी भिलियर्सले २८ तथा आरोन फिन्चले २० रन बनाए शिवम डुबे १२ रनमा आउट भए । बैंगलोरलाई सस्तैमा समेट्न पन्जाबका रवि विश्नोई र मुरुगान आश्विनले ३–३ विकेट लिए ।

सेलड्रोन कोट्रेलको नाममा २ विकेट रह्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान केएल राहुलले अविजित रहँदै १ सय ३२ रनको शतकीय इनिङ्स खेले । उनले ६९ बलमा ७ छक्का र १४ चौका प्रहार गरे ।

उनी यस सिजनको आईपीएलमा शतक बनाउने पहिलो खेलाडी बने । यस्तै मायांक अग्रवालले २६ तथा निकोलस पुरनले १७ रन बनाए । करुण नायर १५ रनमा अविजित रहे । बैंगलोरका शिवम डुबेले २ तथा युजभेन्द्र चाहलले १ विकेट लिए । जितसँगै पन्जाबले २ खेलमा २ अंक जोडेको छ ।

पन्जाब तालिकाको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । बैंगलोरको यो पहिलो हार हो । पहिलो खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले हराएको थियो । बैंगलोर २ खेलमा २ अंकसहित छैटौं स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइपिएलमा कोलकाताको सानदार जित

स्पिनर वरुण चक्रबर्तीले उत्कृष्ट प्रर्दशन गर्दै पाँच विकेट लिएपछि इन्डियन प्रिमियर लिग (आइपिएल)

नेपाल फिफा वरियतामा १७० औँ स्थानमा यथावत

विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ । कोरोना भाइरसको

आईपीएलमा बेंगलोर ८ विकेटले विजयी

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले

आईपीएलमा पन्जाबको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाबले शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई पराजित