फुटबल क्लब चेल्सीका लगानीकर्ताको विपक्षी टोलीका खेलाडीमा गोप्य लगानी रहेको खुलासा



फुटबल क्लब चेल्सीका लगानीकर्ता रोमन अब्रामोभीचले आफ्नो क्लब भन्दा बाहिरका खेलाडीमा समेत गोप्य रूपमा लगानी गरेको खुलासा भएको छ । ती खेलाडीहरूमा सन् २०१४को च्याम्पियन्स लीगमा चेल्सी विरुद्ध मैदानमा उत्रिएका पेरुका विङ्गर आन्द्रे करीओ समेत रहेको बताइएको छ ।

उनले ब्रिटिस भर्जीन आइल्यान्ड्सस्थित कम्पनी मार्फत खेलाडीहरूमा लगानी गरेका हुन । अब्रामोभीचकी प्रवक्ताले भने उनले कुनै पनि नियम नतोडेको दाबी गरेकी छन् । तर फुटबल एसोसिएसनका पूर्व अध्यक्ष लर्ड ट्राइसम्यानले भने कुनै क्लबका लगानीकर्ताले अर्को टोलीबाट खेल्ने खेलाडीमा रुचि राख्नु कत्तिको “उचित“ होला भन्दै प्रश्न गरेका छन् ।

फिनसेन फाइल्सका रूपमा परिचित बैंकहरूको दस्ताबेज बारे एउटा खुलासा ’सस्पिसियस एक्टीभीटी रिपोर्टस ( सार’मा अब्रामोभीचको लेइस्टन होल्डीङ्स नाम गरेको अफसोर कम्पनीमा लगानी रहेको खुलासा भएको छ । तेस्रो पक्षको स्वामित्वमा रहने गरी त्यो कम्पनीले फुटबलमा लगानी गरिरहेको थियो । यस्तो अभ्यासमाथि इङग्लीस प्रिमियर लीगमा सन् २००८ मा प्रतिबन्ध लगाइएको थियो।

अन्तर्राष्ट्रिय रूपमा भने त्यस्तो प्रतिबन्ध सन् २०१५ मा लगाइयो । सन् २०१४को च्याम्पियन्स लीगको समूह चरणको खेलमा चेल्सी र स्पोर्टिङ लिस्बनबीच खेल भएको थियो ।

खेलमा करीओ पनि मैदानमा उत्रिएका थिए । सेप्टेम्बर महिनामा लिस्बनमा अनि डिसेम्बरमा स्टयाम्फोर्ड ब्रिजमा अब्रामोभीचको स्वार्थ मैदानमा उत्रिएका १२ खेलाडीसँग गाँसिएको थियो ।

सन् २०१६ को डिसेम्बरमा ब्याङ्कले अब्रामोभीचको खातामा शङ्का गर्दै ’सस्पिसियस एक्टीभीटी रिपोर्ट’ फाइल गरेको थियो । त्यसमा १ अर्ब अमेरिकी डलर भन्दा बढी रकमको “अफसोर सेल कम्पनीहरू जोडिएका शङ्कास्पद भुक्तानी गरिएको“ पहिचान गरिएको थियो । सारका अनुसार अधिकांश सेल कम्पनी अर्थात् कुनै निश्चित अभिप्रायका लागि खोलिने र प्राय निष्क्रिय रहने कम्पनीहरूमा अब्रामोभीचको लगानी थियो । उनी रुसमा राजनीतिक पहुँच भएका कुलीन वर्गका व्यक्ति हुन जसको मस्को र भ्लादिमिर पुटिनसँग नजिकको सम्बन्ध छ । उक्त रकम ती कम्पनीहरूबीच घुमिरहेको जस्तो देखिन्छ ।

इङग्ल्याण्ड र लिभरपुलका पूर्व स्ट्राइकर जोन बार्नसले बीबीसी पानोरामालाई बताए अनुसार तेस्रो पक्षबाट गरिएको लगानीले खेल मैदानमा हुने गतिविधिमा भने खासै प्रभाव पार्दैन । खेलाडीहरू आफूले खेल्ने टोली र समर्थकहरू प्रति इमानदार रहनुपर्ने उनको भनाइ छ । अब्रामोभीचकी प्रवक्ताले भनिनः “कारोबार गोप्य भएको हुनसक्छ। तर त्यसको अर्थ त्यो गैरकानुनी वा त्यसले लागु भएका नियम तोड्छ भन्ने छैन।“

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय