क्यानको बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा



काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा बस्दैछ । क्रिकेटको भावि योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको हो ।

देशभरिका पदाधिकारी भाग लिन सहज होस् भनेर बैठक चितवनमा राखिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। उक्त बैठकमा सन् २०२० का लागि खेलाडीसित गरिने सम्झौताका विषयमा छलफल हुनेछ ।

आर्थिक गतिविधि अनुमोदन गर्ने तथा क्यानले भविष्यमा अपनाउने रणनीतिका विषयमा समेत छलफल हुने अधयक्ष चन्दले बताए । क्यानले असोज मसान्तभित्र वार्षिक साधारणसभा गर्ने योजना बनाएको छ । यसअघि कोरोना भाइरसको महामारीका कारण क्यानको बोर्ड बैठक गर्नेबारे अन्योल भएको थियो ।

यसअघि क्यानले क्रिकेट गतिविधि अघि बढाउन प्रदेश र जिल्ला सङ्घलाई बजेट उपलब्ध गराएको थियो । क्यानले ६ प्रदेश तथा २९ जिल्लालाई रकम उपलब्ध गराएको हो । हाल क्यानमा ३९ जिल्ला आबद्ध छन् । प्रत्येक प्रदेशलाई एक लाखका दरले तथा जिल्लालाई ५० हजारका दरले बजेट उपलब्ध गराएको थियो ।

सात प्रदेशमध्ये क्रिकेट संरचनाअन्तर्गत कर्णाली प्रदेशलाई प्रदेश नं ५ मै राखिएको छ । कर्णाली प्रदेशको सुर्खेत जिल्ला मात्र क्यानमा आबद्ध छ । कोरोनाका कारण क्रिकेट गतिविधि ठप्प नै थियो । अब यही परिस्थितिमा पनि कसरी गतिविधि सञ्चालन गर्न सकिन्छ भन्नेबारे बैठकमा छलफल हुने अध्यक्ष चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी-२० आई सिरिजमा नेपालद्वारा अमेरिका १७ रनले पराजित

काठमाडौं । पहिलो टी–२० आई खेलमा नेपालले घरेलु टोली अमेरिकालाई पराजित गरेको छ

अस्ट्रेलियालाई आठ विकेटले हराउँदै दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा

काठमाडौँ । दक्षिण अफ्रिका आइसीसी टी–२० महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

एसियन तेक्वान्दोमा नेपाललाई रजत पदक

काठमाडौँ । ‘छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिप’मा नेपालका अभिषेक बरालले रजत पदक प्राप्त

नेपाली क्रिकेट टोलीको मेन्टरमा दासानायके नियुक्त

  काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक