नेपाली कांग्रेसको खेलकुद बिभागद्वारा रक्तदान कार्यक्रम
नेपाली कांग्रेसको खेलकुद बिभागले आइतबार काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
कांग्रेसका संस्थापक नेता तथा त्रिभुवन विश्वबिद्यालयका प्रथम उपकुलपति स्व. सुवर्ण शम्सेर जवराको सम्झनामा रक्तदान कार्यक्रम गरिएको बिभागका संयोजक मोहन बस्नेतले जानकारी दिनुभयो । बिभागले असोज ४ गते म्याराथनको आयोजना गर्ने तयारी गरेपनि कोरोनाका कारण म्याराथन हुन नसकेपछि रक्तदानको आयोजना गरिएको बस्नेतले बताउनुभयो । देशमा रगत अभाव भएको अवस्थामा रक्तदानले केहिहदसम्म रगतको कमि पूर्ति गर्ने आयोजकले जनाएको छ ।