गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि वाग्मती प्रदेश सरकारले तीन करोड दिने



हेटौंडा । वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई तीन करोड दिने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष२०७७÷०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको हो ।

कोभिड –१९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेकाले काम गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र सञ्चालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली र प्रदेश पूर्वाधार विकास साझेदारी नियमावलीको दोस्रो संशोधन स्वीकृत गर्ने निर्णय पनि गरेको आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइपिएलमा हैदरावादसँग दिल्ली ८८ रनले पराजित

इन्डियन प्रिमियर लिग आइपिएलमा दिल्ली क्यापिटल्स सनराइजर्स हैदराबादसँग ८८ रनको फराकिलो अन्तरले पराजित

आइपिएलमा राजस्थानद्वारा मुम्बई ८ विकेटले पराजित

अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट शतकमा इन्डियन प्रिमियर लिग आइपिएलको ४५ औं खेलमा राजस्थान

आइपिएलमा कोलकाताको सानदार जित

स्पिनर वरुण चक्रबर्तीले उत्कृष्ट प्रर्दशन गर्दै पाँच विकेट लिएपछि इन्डियन प्रिमियर लिग (आइपिएल)

नेपाल फिफा वरियतामा १७० औँ स्थानमा यथावत

विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ । कोरोना भाइरसको