गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि वाग्मती प्रदेश सरकारले तीन करोड दिने



हेटौंडा । वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई तीन करोड दिने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष२०७७÷०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको हो ।

कोभिड –१९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेकाले काम गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र सञ्चालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली र प्रदेश पूर्वाधार विकास साझेदारी नियमावलीको दोस्रो संशोधन स्वीकृत गर्ने निर्णय पनि गरेको आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रथम ‘झापा–१ काठमाडौं कप फुटसल’को उपाधि मेचीनगरलाई

काठमाडौं । प्रथम झापा–१ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि साबिक मेचीनगरले जितेको छ

अफगानिस्तानमाथि नेपालको जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । शनिबार राति

विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी

काठमाडौं ।  विश्व म्याराथन मञ्चमा नेपालकाे दाबेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८

पोर्चुगलद्वारा पोल्यान्ड ५–१ ले पराजित

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले पोल्यान्डलाई ५–१ ले हराएको छ