ओलम्पियन नयना शाक्यलाई कोरोना संक्रमण



काठमाडौं । ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन् । शाक्यसँगै उनका श्रीमान् पूर्वबास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट सङ्क्रमित भएको मंगलबार सार्वजनिक सञ्जालमार्फत जानकारी गराएकी हुन् । पहिलो पटक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताइन् । घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफूहरुले पिसिआर परीक्षण गराएको शाक्यले बताइन् ।

पहिलो पटक कोरोना नदेखिए पनि पछि आफू, श्रीमान् र छोरामा लक्षण देखापरेपछि पुनः परीक्षण गराउँदा तीनै जना कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको ओलम्पियन शाक्यले जानकारी दिइन् । तीनै जना घरमै आइसोलेसनमा बसिरहेका छन् । सावधानी अपनाउन र सुरक्षित साथ बस्न उनले सबैमा आग्रह गरेकी छन् । शाक्यले आठौं दक्षिण एशियाली खेलकुद (साग) मा पौडीमा स्वर्ण पदक जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेसको खेलकुद बिभागद्वारा रक्तदान कार्यक्रम

नेपाली कांग्रेसको खेलकुद बिभागले आइतबार काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कांग्रेसका

आइपीएलमा चेन्नाई सुपर किंसको विजयी सुरुवात

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सले विजयी सुरुवात गरेको

इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामविरुद्ध आर्सनल विजयी

इंग्लिस प्रिमियर लिगमा मिखेल आर्टेटाको आर्सनलले शनिबार राति वेस्ट ह्यामलाई २–१ ले हराएर

बेल्जियम फिफा विश्व बरियाता क्रममा शीर्ष स्थानमा

अन्तर्राष्ट्रिय फुटबल सङ्गठन (फिफा) ले पुरुष फुटबल विश्व बरियता क्रमलाई छ महिनापछि पहिलो