चेल्सीले गएराति ब्राइटनलाई ३(१ ले हराउँदै लिगमा विजयी शुरूआत



इङ्लिस प्रिमियर लिगमा चेल्सीले ब्राइटनलाई हराउँदै विजयी भएको छ । चेल्सीले गएराति ब्राइटनलाई ३(१ ले हराउँदै लिगमा विजयी शुरूआत गरेको हो ।
अघिल्लो सिजन खेलाडी अनुबन्धमा प्रतिबन्ध लागेको चेल्सीले यो सरुवा बजारमा भने खुलेर खर्च गरेको थियो । चेल्सीले ६ खेलाडीका लागि झन्डै २० करोड पाउण्ड खर्च गरेको थियो।  यसै सिजन आरबी लाइपजिगबाट अनुबन्ध भएका टिमो वेर्नर र बायर लेभरकुसेनबाट अनुबन्ध भएका काई हाभार्टेजले गएराति चेल्सीबाट डेब्यू गरे। रिसे जेम्सको उत्कृष्ट प्रदर्शनमा चेल्सीले सहज विजय हासिल ग¥यो। चेल्सीले २३औं मिनेटमा अग्रता लिएको थियो। ब्राइटनका गोलकिपर म्याथ्यू रायनले टिमो वेर्नरलाई फाउल गरेपछि चेल्सीले पेनाल्टी अवसर पाएको थियो। त्यसलाई कप्तान जर्जिन्होले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए ।

लिगमा ५४औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले बराबरी गोल फर्काए । ५६औं मिनेटमा जेम्सले गरेको गोलबाट चेल्सीले पुनः अग्रता लियो। ६६औं मिनेटमा जेम्सकै पासमा कोर्ट जोउमाले अर्को गोल गरेपछि चेल्सीले महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको