चेल्सीले गएराति ब्राइटनलाई ३(१ ले हराउँदै लिगमा विजयी शुरूआत
इङ्लिस प्रिमियर लिगमा चेल्सीले ब्राइटनलाई हराउँदै विजयी भएको छ । चेल्सीले गएराति ब्राइटनलाई ३(१ ले हराउँदै लिगमा विजयी शुरूआत गरेको हो ।
अघिल्लो सिजन खेलाडी अनुबन्धमा प्रतिबन्ध लागेको चेल्सीले यो सरुवा बजारमा भने खुलेर खर्च गरेको थियो । चेल्सीले ६ खेलाडीका लागि झन्डै २० करोड पाउण्ड खर्च गरेको थियो। यसै सिजन आरबी लाइपजिगबाट अनुबन्ध भएका टिमो वेर्नर र बायर लेभरकुसेनबाट अनुबन्ध भएका काई हाभार्टेजले गएराति चेल्सीबाट डेब्यू गरे। रिसे जेम्सको उत्कृष्ट प्रदर्शनमा चेल्सीले सहज विजय हासिल ग¥यो। चेल्सीले २३औं मिनेटमा अग्रता लिएको थियो। ब्राइटनका गोलकिपर म्याथ्यू रायनले टिमो वेर्नरलाई फाउल गरेपछि चेल्सीले पेनाल्टी अवसर पाएको थियो। त्यसलाई कप्तान जर्जिन्होले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए ।
लिगमा ५४औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले बराबरी गोल फर्काए । ५६औं मिनेटमा जेम्सले गरेको गोलबाट चेल्सीले पुनः अग्रता लियो। ६६औं मिनेटमा जेम्सकै पासमा कोर्ट जोउमाले अर्को गोल गरेपछि चेल्सीले महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।