डोमेनिक थियम युएस ओपनको च्याम्पियन



विश्व नम्बर तीन डोमेनिक थियमले रोमाञ्चक फाइनल खेलमा जर्मनीका अलेक्जेन्डर ज्वेरेवलाई हराउँदै युएस ओपनको च्याम्पियन बनेको छ ।
उनले खेलमा जर्मनीका अलेक्जेन्डर ज्वेरेवलाई हराउँदै पहिलो पटक युएस ओपनको उपाधि जितेका हुन् । युएस ओपन जित्ने उनी पहिला अस्ट्रियाका खेलाडी बनेका छन । उनले फाइनलमा ज्वेरेवलाई २(६, ४(६, ६(४, ६(३, ७(६ (६) ले हराउँदै उपाधि जितेका हुन्। ७१ वर्षपछि सुरुका दुई सेट गुमाएर पनि फाइनलमा उपाधि उनले हात पारेका हुन्। यसअघि सन् १९४९ मा पांजो गोञ्जालेजले १९४९ मा सुरुका दुई सेट गुमाएर पनि जित निकालेका थिए । २७ वर्षे थिएम ६ वर्षपछि ग्राण्डस्लाम जित्ने नयाँ खेलाडी हुन् ।

यसअघि सन् २०१४ मा क्रोएसियाका खेलाडी मारिन सिलिचले केइ निशिकोरीलाई हराउँदै युएस ओपनको उपाधि जितेका थिए। यसअघि थिएम तीनपटक ग्राण्ड स्लामको फाइनलमा पराजित भइसकेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रथम ‘झापा–१ काठमाडौं कप फुटसल’को उपाधि मेचीनगरलाई

काठमाडौं । प्रथम झापा–१ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि साबिक मेचीनगरले जितेको छ

अफगानिस्तानमाथि नेपालको जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । शनिबार राति

विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी

काठमाडौं ।  विश्व म्याराथन मञ्चमा नेपालकाे दाबेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८

पोर्चुगलद्वारा पोल्यान्ड ५–१ ले पराजित

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले पोल्यान्डलाई ५–१ ले हराएको छ