नाओमी ओसाका भइन् तेस्रो पटक ग्रान्डस्लाम च्याम्पियन



जापानकी नाओमी ओसाकाले युएस ओपनको महिला एकलको उपाधि जितेकी छिन् ।आइतबार विहान सकिएको खेलमा ओसाकाले बेलारुसकी भिक्टोरिया अजरेक्कलाई २(१ को सेटमा पराजित गरेर तेस्रो ग्रान्डस्लामको उपाधि जितेकी हुन् । जापानकी चौथो वरीयताकी खेलाडी ओसाकाले पहिलो सेट १(६ ले अजरेन्कालाई सुम्पिएकी थिइन् । तर २२ वर्षीय उदायीमान खेलाडी ओसकाले त्यसपछिका दुई सेटमा उत्कृष्ट खेल पस्किइन् । उनले दोस्रो सेट ६(३ ले आफ्नो पक्षमा पारिन्।

तेस्रो तथा निर्णायक सेटमा पनि लयमा देखिएकी ओसाकाले ६(३ ले जितेर दोस्रो पटक युएस ओपन जित्न सफल भएन् । यसअघि उनले सन् २०१८ को युएस ओपनमा सेरेना विलियम्सलाई पराजित गरेर पहिलो ग्रान्डस्लाम जितेकी थिइन्। उनी सन् २०१९ मा अस्ट्रेलियन ओपन च्याम्पियन बनेकी थिइन् ।  तेस्रो पटक ग्रान्डस्लाम च्याम्पियन बनेकी ओसाकाले आफू फाइनल पुगेको ग्रान्डस्लामको उपाधि जित्ने रेकर्ड पनि कायम राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय खुला टेनिस प्रतियोगिता आगामी कात्तिक ५ देखि

काठमाडौँ  । वीर गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा

काभा भलिबलमा नेपाल विजयी

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी भएको छ

विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडी सहभागी हुँदै

काठमाडौं ।  मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने

साफ महिला च्याम्पियनशिप फुटलबको तयारी पूरा

काठमाडौँ ।  नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनशिप फुटबल