आईपीएल खेल्न सन्दीप यूएई प्रस्थान



काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लागेका छन् । उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर शनिबार यूएई उडेका हुन् ।

ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई गएका उनका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन् । यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदै छ ।

सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लागेका हुन् । आईपीएल आगामी असोज ३ गतेदेखि सुरु हुँदै छ । सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ । उनलाई दिल्ली क्यापिटल्सले रु ३२ लाखमा अनुबन्ध गरेको हो ।

सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका हुन् । नियमित उडान बन्द भएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए । यस वर्षको सिपिएलका लागि जमैका तलावाजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् ।
सन्दीपको किफायती बलिङको मद्दतमा जमैका सेमिफाइनलसम्म पुगेको थियो । सीपीएलमा सन्दीपले ११ खेलमा १२ विकेट लिएका थिए । उनी सीपीएलमा सर्वाधिक विकेट लिनेको सूचीमा छैटौँ स्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा