इङ्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलिया विजयी



इङ्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेट अष्ट्रेलियाले जितेको छ । म्यान्चेष्टरमा भएको खेलमा पाहुना टोली अष्ट्रेलिया १९ रनले विजयी बनेको हो ।

तीन म्याचको एक दिवसीय सिरिजमा अष्ट्रेलिया १–० ले अघि बढेको छ । २ सय ९५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ९ विकेट गुमाएर २ सय ७५ रन मात्र बनाउन सक्यो ।

साम विलिङ्सले शतकीय पाली खेल्दै १ सय १८ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । जानी बेयरस्टोले ८४ र कप्तान इयान मोर्गानले २३ रन बनाएका थिए ।

अन्यको खेलाडीको प्रर्दशन उल्लेख्य रहन सकेन । अष्ट्रेलियाका जोस हेडलहुडले सर्वाधिक ३ विकेट लिए । यसअघि, म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९४ रन बनायो ।

तीन खेलको सिरिज अन्तर्गतको दोस्रो एकदिवसीय भोलि हुनेछ भने अन्तिम खेल बुधबार हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा