लुसिया जुक्सलाई हराउँदै नाइट राइडर्सद्वारा चौथो पटक उपाधि जित्न सफल



नाइट राइडर्सले सेन्ट लुसिया जुक्सलाई हराउँदै चौथो पटक उपाधि जितेको छ । बिहिवार राती भएको फाइनल खेलमा नाइट राइडर्सले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले हराउँदै चौथो पटक उपाधि जितेको हो ।

राइडर्सका ओपनर लेन्डल सिमन्स ४९ बलमा ८ चौका र ४ छक्का सहित ८४ रनमा अविजित रहे । ड्यारेन ब्राभो ४७ बलमा २ चौका र ६ छक्का सहित ५८ रनमा अविजित रहेको छ । तेस्रो विकेटका लागि सिमन्स र ब्राभोले १ सय ३८ रनको अविजित साझेदारी गर्दै सहज उपाधि दिलाएका थिए ।

मार्क डियाल २९, आन्द्रे फ्लेक्चर ३९, रोश्टन चेश २२ र नाजिबउल्लाह जद्रानले २४ रन बनाउदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । राइडर्सका कप्तान काइरन पोलार्डले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । अली खान र फवाद अहमदले २–२ विकेट लिए । यसअघि सन् २०१५, २०१७ र २०१८ मा राइडर्सले उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा