अस्ट्रेलियाले इङ्ल्यान्डविरूद्धको अन्तिम खेलमा पाँच विकेटले विजय हासिल गरेको छ । आईसीसी ट्वान्टी(२० अन्तर्राष्ट्रिय वरियताको शीर्ष स्थानमा अस्ट्रेलिया कायमै रहन सफल भएको छ ।
साउथह्याम्पटनको रोज बाउल रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो। १४६ रनको अस्ट्रेलियाले १९ दशमलब ३ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो । तीन खेलको ट्वान्टी(२० अन्तर्राष्ट्रिय शृंखलामा २(० ले अग्रता लिएपछि इङ्ल्यान्ड शीर्ष स्थानमा उक्लिएको थियो। तर तेस्रो खेलको जितसँगै अस्ट्रेलिया पुनः शीर्ष स्थान कब्जा गर्न सफल भएको हो।
कोरोना महामारीका कारण अस्ट्रेलियाले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको गत मार्चपछि यो पहिलो हो । इङ्ल्यान्डले भने गत जुलाईबाट निरन्तर अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएको छ। जसमा इङ्ल्यान्डले राम्रो नतिजा पनि निकालेको छ। इङ्ल्यान्डले वेष्ट इन्डिज, पाकिस्तान र आयरल्यान्डसँग टेस्ट शृंखला खेलेको थियो । विश्वकप विजेता इङ्ल्यान्डले अब अस्ट्रेलियाविरूद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ।

प्रतिक्रिया