सन्दीप लामिछानेआबद्ध टिम जमैका २ खेलअघि नै सेमिफाइनलमा



जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सन्दीप लामिछानेआबद्ध टिम जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको खेलमा २ खेलअघि नै सेमिफाइनलमा पुगेको हो ।

शुक्रबार बिहान भएको खेलमा गुयाना अमेजन वारियर्ससँग साविक विजेता बारबाडोस ट्रिडेन्ट्स ६ विकेटले पराजित भएसँगै जमैका तलावाज २ खेलअघि नै सेमिफाइनलमा पुगेको छ । बिहीबार राति नै जमैका तलावाज र लिगको पुछारमा रहेको सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सबीचको खेल भने वर्षाको कारण रद्द भएको थियो। खेल रद्द भएपछि दुवै टिमले समान १–१ अंक प्राप्त गरे पनि प्रत्यक्ष रुपमा जमैकालाई घाटा पुगेको थियो । लिगमा ८ खेलमा शतप्रतिशत जित हात पारेको ट्रिनबागो नाइट राइडर्सले १६ अंक बनाउँदै यसअघि नै सेमिफाइनल यात्रा तय गरिसकेको छ ।

त्यस्तै, लिगमा सबै खेल खेलिसकेको गुयाना अमेजन वारियर्सले १० खेलबाट ६ खेलमा जित र ४ खेलमा हारसहित १२ अंक बनाएर सेमिफाइनलमा प्रवेश गरेको छ । सेन्ट लुसिया जुक्स पनि सेमिफाइनलमा पुगिसकेको छ। उसले ८ खेलमध्ये ५ खेलमा जित र ३ खेलमा हार ब्यहोर्दै १० अंक बनाएको छ । जमैका तलावाजको भने ८ खेलमध्ये ३ खेलमा जित, ४ खेलमा हार र १ खेलमा वर्षाको कारण अंक बाँड्दै ७ अंक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा