मेस्सी स्पेनी क्लब बार्सिलोनाबाट अलग्गिने



आर्जेन्टीनाका फुटबल खेलाडी लिओनेल मेस्सीले उनले आफ्नो सम्पूर्ण व्यावसायिक खेल जीवन गुजारेको स्पेनी क्लब बार्सिलोनाबाट अलग्गिन चाहेको जनाएका छन् । उनका वकिलहरूले फ्याक्स पठाएर क्लबसँगको करारमा रहेको उनलाई तत्काल जान दिन मिल्ने प्रावधानको प्रयोग गरिएको बताए । बार्सिलोनाले भने त्यो प्रावधान जुन महिनामा नै अन्त्य भइसकेको बताएको छ ।

तर मेस्सी चाहिँ कोरोनाभाइरस महामारीका कारण यो वर्ष खेल तालिकामा भएको फेरबदलले गर्दा सो प्रावधान पनि लम्बिने विश्वास गर्छन् । यो महिनाको सुरुमा च्याम्पियन्स लिग अन्तर्गतको खेलमा बार्सिलोना क्लबले बायर्न म्युनिखसँग ८ २ को लज्जाजनक हार बेहोरेको थियो । क्लबको नेतृत्वसँग पनि मेस्सीको टकराव भएको थियो ।

फुटबल च्याम्पियनहरूलाई प्रदान गरिने बालन डो’र उपाधि छ पटक जितेका मेस्सीले बार्सिलोना क्लबमा सन् २००४ देखि खेल्न थालेका हुन् । यो अवधिमा उनले क्लबलाई चारपटक च्याम्पियन्स लिगको विजेता बन्न मद्दत गरे । बार्सिलोना क्लबका अनुसार अहिलेको करार बमोजिम मेस्सी सन् २०२१ को अत्यसम्म क्लबसँग अनुबन्धित छन् र उनलाई कसैले किन्ने हो भने ७० करोड युरोको ट्रान्सफर शुल्क बेहोर्नुपर्छ ।

क्लबको बोर्डको बैठक छिट्टै बस्नेछ । कतिपय ठान्छन् मेस्सीलाई मनाउने एकमात्र उपाय भनेको क्लबका अध्यक्ष जुजेप मरिआ बर्टोमेयोको राजीनामा र चाँडो चुनाव हुनसक्छ । तर मेस्सी कुनै पनि हालतमा क्लब छाड्ने मनस्थितिमा रहेको देखिन्छ । अब क्लब र खेलाडीबीच कानुनी लडाइँ हुनसक्छ। मेस्सीको करारमा उनले यदि जुन १० तारिखभन्दा पहिले जान चाहेको भए निःशुल्क क्लबबाट बहिर्गमन गर्न सक्ने प्रावधान थियो । त्यो मिति गुज्रिसक्यो।

तर मेस्सी तथा उनको टोली ठान्छ कि लम्बिएको खेल सिजनका कारण सो मितिपनि लम्बिनुपर्छ । मेस्सी १३ वर्षको उमेरमा सन् २००० मा आर्जेन्टीनाको नीवेल्स ओल्ड बोइजबाट बार्सिलोना क्लब पुगेका थिए । त्यसयता उनले क्लबका निम्ति ७३१ खेलमा कीर्तिमान ६३४ गोल गरेका छन् । क्लबका निम्ति उनले १० पटक ला लिगा उपाधि अनि चार पटक च्याम्पियन्स लिग उपाधिसहित ३४ वटा ठूला उपाधि जिताउन योगदान गरे । स्पेनको फुटबल प्रतियोगिता ला लिगामा सबभन्दा धेरै ४४४ गोल मेस्सीकै नाममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय

वीर गणेशमान सिंह क्रिकेटमा गण्डकी विजयी

  काठमाडौँ  ।  गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई