क्रिकेटर चेतन चौहानको कोरोनाभाइरस संक्रमणबाट निधन



कोरोनाभाइरसबाट संक्रमित भारतका पूर्वक्रिकेट खेलाडी एवं उत्तर प्रदेशका मन्त्री चेतन चौहानको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा ७३ वर्षको उमेरमा आइतबार निधन भएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चौहानको निधनप्रति गहिरो दुःख प्रकट गरेका छन् ।

चेतन चौहान सन् १९७० को दशकमा भारतीय क्रिकेटका प्रमुख खेलाडी रहनुका साथै महान भारतीय क्रिकेटर सुनिल गावस्करसँग मिलेर इनिङको शुरुवात गरेका थिए । उनले सन् १९६९ मा न्यूजील्यान्ड विरुद्ध पहिलो टेस्ट म्याच खेलेका थिए ।

यी दायाँ हाते ब्याट्सम्यानले ४० वटा टेस्ट खेलेर व्यक्तिगत २ हजार ८४ रन बताएका थिए । उनले ७ वटा एकदिवसीय क्रिकेट खेलेका थिए । गत अगस्टमा उत्तर प्रदेशकी मन्त्री कमला रानीको पनि लखनउमा कोरोनाभाइरस संक्रमणकै कारण निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त