क्रिकेटर चेतन चौहानको कोरोनाभाइरस संक्रमणबाट निधन



कोरोनाभाइरसबाट संक्रमित भारतका पूर्वक्रिकेट खेलाडी एवं उत्तर प्रदेशका मन्त्री चेतन चौहानको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा ७३ वर्षको उमेरमा आइतबार निधन भएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चौहानको निधनप्रति गहिरो दुःख प्रकट गरेका छन् ।

चेतन चौहान सन् १९७० को दशकमा भारतीय क्रिकेटका प्रमुख खेलाडी रहनुका साथै महान भारतीय क्रिकेटर सुनिल गावस्करसँग मिलेर इनिङको शुरुवात गरेका थिए । उनले सन् १९६९ मा न्यूजील्यान्ड विरुद्ध पहिलो टेस्ट म्याच खेलेका थिए ।

यी दायाँ हाते ब्याट्सम्यानले ४० वटा टेस्ट खेलेर व्यक्तिगत २ हजार ८४ रन बताएका थिए । उनले ७ वटा एकदिवसीय क्रिकेट खेलेका थिए । गत अगस्टमा उत्तर प्रदेशकी मन्त्री कमला रानीको पनि लखनउमा कोरोनाभाइरस संक्रमणकै कारण निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोक्यो ओलम्पिकमा थप २ अर्ब ४० करोड खर्च हुने

कोरोनाभाइरस महामारीका कारण स्थगित भएको टोक्यो ओलम्पिक खेलको आयोजनाका लागि थप २ करोड

एन्फाद्वारा बन्द प्रशिक्षणका लागि ५८ खेलाडी छनोट

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि

पीएम कप क्रिकेटः सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक

बैतडी । प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको

सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट