पूर्व कप्तान धोनीद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा



पूर्व कप्तान महेन्द्रसिंह धोनीसँगै बायाँ हाते ब्याट्सम्यान सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान धोनीले शनिबार इन्स्टाग्राममा एक पोस्ट गर्दै १६ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन् ।

धोनी र रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । धोनी सन् २०१९ मा इंग्ल्यान्डमा भएको एकदिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध अन्तिम पटक खेलेका थिए । रैनाले भारतबाट अन्तिम पटक २०१८ जुलाईमा इंग्ल्यान्डविरुद्ध खेलेका थिए । धोनीले सन्न्यास लिएसँगै आफूले पनि लिएको रैनाले जनाएका छन् । धोनीले इन्स्टाग्राममार्फत सन्न्यासको घोषणा गरेका थिए । यी दुबै खेलाडी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिलए) को लागि चेन्नई सुपर किंग्सको भारतमा हुने ६ दिनको प्रशिक्षणमा रहेका छन् । रैनाले ३३ वर्षको उमेरमा भारतीय टोलीबाट सन्न्यास लिएका हुन् ।

भारतीय क्रिकेट टोलीमा विराट कोहली सन् २०१७ मा सिमित ओभरको कप्तान बनेसँगै रैना टोलीको रणनीति बाहिर परेका थिए । रैनाले भारतीय टोलीबाट १८ टेष्ट, २ सय २६ ओडिआई र ७८ टि२० आई खेलेका छन् । रैनाले टेष्टमा श्रीलंकाविरुद्ध सन् २०१० टेष्टमा डेब्यु गरेका थिए । ओडिआईमा रैनाले सन् २००५ मा श्रीलंकाविरुद्धनै डेब्यु गरेका थिए । सन् २००६ मा दक्षिण अफ्रिकाविरुद्ध रैनाले टि२० आईमा डेब्यु गरेका थिए । ओडिआईमा रैनाले ५ शतक र ३६ अर्ध शतकका साथ ५ हजार ६ सय १५ रन बनाएका छन् । टि२० आईमा १ शतक र ५ अर्ध शतक सहित कुल १६ सय ५ रन बनाएका छन् ।

रैना टि२० आईमा शतक प्रहार गर्ने भारतका पहिलो र विश्वका तेस्रा ब्याट्सम्यान हुन् । रैना भारतीय क्रिकेटमा तीनै शैलीमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान हुन् । टि२० र ओडिआई दुवैमा शतक प्रहार गर्ने भारतका एक्ला खेलाडी पर्दछन् । रैना र धोनी दुवै चेन्नई सुपर किंग्सबाट आइपिएल खेल्दै निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।