एट्लेटिको २ / १ ले पराजित



जर्मन क्लब आरबी लाइपजिग युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । जर्मन क्लब आरबी लाइपजिगले पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

टेलर एडम्सले खेल सकिन दुई मिनेटअघि निर्णायक गोल गरेपछि लाइपजिगले एट्लेटिकोलाई २(१ ले पराजित गरेको हो । लाइपजिगले अब फाइनल प्रवेशका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग खेल्नेछ । पोर्चुगलको लिस्वनमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर ५०औं मिनेटमा डानी ओल्मोले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाए । ७१औं मिनेटमा जाओ फेलिक्सले पेनाल्टीमार्फत एट्लेटिकोका लागि बराबरी गोल फर्काए ।

८८औ मिनेटमा एडम्सले गोल गर्दै लाइपजिगलाई २(१ को अग्रता दिलाए । लाइपजिग युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगितामा पहिलो पटक अन्तिम चारमा पुगेको हो । च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने लाइपजिग ३२औं क्लब बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।