विश्वकपको छनोट चरणका खेलहरु स्थगित



काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकपको छनोट चरणका खेलहरु स्थगित भएका छन् । कोरोना भाइरसको जोखिम बढेको भन्दै एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले बुधबार एसिया क्षेत्रको विश्वकप छनोटका खेल स्थगित गरेको हो । एएफसीले सन् २०२२ विश्वकप र सन् २०२३ को एसियन कप छनोटका खेलहरु सन् २०२१ सम्मका लागि स्थगित गरेको जनाएको छ।

विश्वकप र एसियन कपको छनोट खेलहरु अक्टोबर र नोभेम्बरमा हुने तालिका थियो। यसअघि एएफसीले कोरोनाकै कराण गत मार्च र अप्रिलका लागि तय भएको छनोट प्रतियोगिता स्थगित गरेको थियो । सन् २०२१ सम्मका लागि छनोट खेल स्थगित गरेपनि एएफसीले छनोटको नयाँ मिति भने घोषणा गरेको छैन। कोरोनाको अवस्था हेरेर छनोटको नयाँ मिति तय गरिने एएफसीले जनाएको छ ।

एएफसीको निर्णयसँगै दशरथ रंगशालमा हुने तय भएको विश्वकप छनोटअन्तर्गत अस्ट्रेलिया, चाइनिज ताइपेइ र जोडर्नविरुद्धको खेल पनि स्थगित भएको छ । नेपालले घरेलु मैदानमा अक्टोबर ८ मा चाइनिज ताइपेई, अक्टुबर १३ मा अष्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग खेल्ने तालिका थियो । सन् २०२२ को विश्वकप र सन् २०२३ को एसियन कप छनोटमा नेपाल समूह बीमा छ। नेपाल रहेको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन् । नेपालले छनोटका ५ खेल खेलिसकेको छ, जसमा एकमा जित र चार खेलमा पराजित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकेश बमको आक्रामक शतक जितका लागि अपर्याप्त, आयरल्याण्ड ए सँग नेपाल पराजित

काठमाडौं । लोकेश बमको कीर्तिमानी शतकमा आयरल्यान्ड ए विरुद्धको पहिलो खेलमा नेपाल ए

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप