पहिलो पुस्ताका फुटबल खेलाडी इन्द्रसिंह सुब्बाको निधन



काठमाडौं । नेपाली फुटबल टोलीका पहिलो पुस्ताका खेलाडी इन्द्रसिंह सुब्बाको निधन भएको छ । सुब्बाको ८४ वर्षको उमेरमा बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा मंगलबार निधन भएको हो । मुटुमा समस्या देखिएपछि उनलाई केन्द्रमा भर्ना गरिएको थियो । नेपालले पाकिस्तानमा सन् १९६३ मा आगाखाँ गोल्डकप अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा सुब्बा उक्त टोलीमा थिए ।

नेपालले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता त्यही नै पहिलो थियो । नेपाली टोलीको कप्तान त्यस बेला नरशमशेर जबरा थिए । सुब्बा भारतको दार्जिङमा जन्मिएका थिए । पछि फुटबल खेल्न नेपाल आएका हुन् । उनी बाँचुञ्जेल काठमाडौँमैँ बसे ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले विभिन्न रोगले च्यापेपछि सुब्बालाई एक महिनाअघि ललितपुरको अल्का अस्पताल भर्ना गरिएको बताए । पछि मुटुमा समस्या देखिएपछि उनलाई केन्द्रमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुलिसलाई जीतपुरसिमरा गोल्डकपको उपाधि

सिमरा । नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । हङकङलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ

नेपालसामु हङकङको सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं । ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई ११५ रनको लक्ष्य

टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ ।  एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले टस