सिपिएल खेल्न गएका सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ



काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ । सिपिएलका लागि टोबागो पुगेका सन्दिपको पिसिआर गरिएको थियो । उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सन्दिपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

सिपिएल खेल्न गत साता टोबागो पुगेका सन्दिप हाल १४ दिनको क्वारेन्टिनमा बस्नुभएको छ । उहाँलगायत प्रतियोगिताका सबै खेलाडीलाई होटलमा क्वारेन्टिनका रुपमा राखिएको छ । प्रतियोगिता खेल्ने सबैको कोरोना परीक्षण अनिवार्य गराउनुपर्ने नियम भएकाले सन्दीपको पनि परीक्षण गरिएको हो । सिपिएल आगामी भदौ २ गतेदेखि शुरु हुनेछ । त्यसअघि पुनःसन्दीपको कोरोना परीक्षण गरिने शिवाकोटीले बताए । सिपिएल खेल्न सन्दीप कोरियन एयरको चार्टर्ड जहाजमार्फत गत साता दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै टोबागो पुगेका हुन् । नेपालबाट टोबागो जानुअघि पनि उनले पिसिआर परीक्षण गराएका थिए । त्यो बेला पनि नतिजा नेगेटिभ नै आएको थियो ।

सन्दीपलाई यसपटक सिपिएलका लागि ९० हजार अमेरिकी डलरमा जमैका तल्लावाहजले अनुबन्ध गरेको छ । उहाँले तेस्रोपटक सिपिएल खेल्दैछन् । यसअघि उनले सन् २०१८ र सन् २०१९ मा सिपिएल खेलेका थिए । यस वर्षको सिपिएलका लागि १९ वर्षीय सन्दीपसँगै २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपमा हङकङसँग नेपाल ४ विकेटले पराजित

काठमाडौँ । नेपाललाई पराजित गर्दै हङकङ एसीसी प्रिमियर कपमा तेस्रो भएको छ ।

नेपाल पौडी सङ्घको अध्यक्षमा जगतमान श्रेष्ठ

काठमाडौँ । नेपाल पौडी सङ्घको पाँचौँ राष्ट्रिय अधिवेशनबाट जगतमान श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर । भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको

हङकङलाई १४० रनको लक्ष्य

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङलाई १४० रनको लक्ष्य