खेलकुद मन्त्रीद्वारा राखेपमा ६ सदस्य मनोनित
काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद परिषदमा ६ जना सदस्य मनोनित गरेका छन् । मन्त्री विश्वकर्माले रिम रानाभाट, इन्दिरा निरौला, अर्जुन केसी, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ र गोविन्द प्रसाद भट्टराईलाई राखेपको सदस्यामा मनोनित गरेका हुन् ।