म्यानचेष्टर सिटीको सहज जित


म्यानचेष्टर सिटीले वाटफोर्डविरुद्ध सहज जित हात पारेको छ । लण्डन क्लब आर्सनल भने एस्टभिल्लासँग पराजित भएको हो । रहिम स्टर्लिङको दुई गोल मद्दतमा सिटीले वाटफोर्डलाई ४(० ले पराजित गरेको छ ।

वाटफोर्डको मानमा भएको खेलको ३१औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । स्टर्लिङले प्रहार गरेको पेनाल्टी वाटफोर्डका गोलकिपरले सुरुमा बचाएका थिए तर स्टर्लिङले रिबाउण्डमा गोल गरका छन् । दोस्रो हाफमा पनि सिटीले दुई गोल ग¥यो । ६३औं मिनेटमा फिल फोडेनले र ६६औं मिनेटमा एमरिक लापोर्टले गोल गरेपछि सिटीले सहज जित हात पारेको हो ।

जितपछि सिटीले ३७ खेलबाट ७८ अंक जोडेको छ । वाटफोर्ड भने रेलिगेसन जोनमा छ । ३७ खेलबाट ३४ अंक रहेको वाटफोर्ड पूछारबाट तेस्रो अर्थात १८औं स्थानमा छ । अर्को खेल रेलिगेसन जोनको एस्टनभिल्लाले आर्सनललाई पराजित गरेपछि वाटफोर्डको रेलिगेसन सम्भावना बढेको छ । एस्टनभिल्लाको मैदानमा भएको खेलमा आर्सनलले अप्रत्यासित १(० को हार बेहोरेको हो । घरेलु मैदानमा एस्टनभिल्लालाई जिताउन ट्रेजेग्वेटले २७औं मिनेटमा गोल गरे ।

जितपछि एस्टनभिल्लाले रेलिगेसन जोन छाडेको छ । ३७ खेलबाट वाटफोर्ड समान ३४ अंक जोडेको एस्टनभिल्ला हेड टु हेडमा अगाडि रहँदै १७औं स्थानमा उक्लेको हो । आर्सनलले भने पराजयपछि ५३ अंकसहित १०औं स्थानमा छ ।