भदौ १५ गतेभित्र साधारणसभा गर्ने क्यानको निर्णय


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि मुख्य प्रशिक्षक पदको दरखास्त खोल्ने भएको छ । क्यानको सोमबार बसेको बैठकले एक साताभित्रै यसको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

क्यानले जारी गरेको विज्ञप्तिअनुसार कार्यसम्पादन कमिटीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँगको छलफलपछि मुख्य प्रशिक्षकसँगै महाप्रबन्धक, वित्तीय प्रबन्धक र व्यवस्थापकका लागि पनि दरखास्त खोल्ने निर्णय गरेको छ । यस्तै सात प्रदेशका लागि सात प्रशिक्षक पनि मागिने भएको छ । क्यानले भदौ १५ भित्र साधारणसभा गर्ने निर्णय पनि गरेको छ ।