लिग लिडर रियल ग्रानडालाई २-१ ले पराजित



रियल मड्रिडले ग्रानडालाई पराजित गरेको छ । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा लिग लिडर रियल मड्रिडले ग्रानडालाई २-१ ले पराजित गरेको हो । जितपछि रियलले दोस्रो स्थानको बार्सिलोनामाथि ४ अंकको अग्रता बनाएको छ । अब रियललाई उपाधि जित्न २ अंक मात्र आवश्यक छ ।

ग्रानाडाको मैदानमा भएको खेलमा फोर्लान मेन्डीले १०औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा करिम बेन्जामाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ५०औं मिनेटमा ग्रानडाका डारविन माचिसले एक गोल फर्काए ।

जितपछि ३६ खेलबाट रियलले ८३ अंक जोडेको छ । समान खेलबाट बार्सिलोनाको ७९ अंक छ । अब लिगमा २ चरणका खेल बाँकी रहँदा रियलले ४ अंकको अग्रता बनाएको छ र अब उपाधि जित्न २ अंक आवश्यक छ । रियलले अब बाँकी २ मध्ये एक खेल जितेमा उपाधि जित्नेछ । रियलसँग पराजित ग्रानडा ५० अंकसहित दशौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा