वेष्ट इण्डिजद्वारा इंग्ल्यान्ड चार विकेटले पराजित



कोरोना भाइरसको महामारीकाबीच खेलिएको पहिलो टेष्ट क्रिकेटमा वेष्ट इण्डिजले इंग्ल्यान्डलाई हराएको छ । इंग्ल्याण्डको साउथह्याम्पटनमा गएराति सकिएको टेष्ट म्याचमा पाहुना टोली वेष्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्यो । जितसँगै तीन खेलको श्रृंखलामा वेष्ट इण्डिजले १–० को अग्रता बनाएको छ ।

पहिलो टेष्टको पाँचौ तथा अन्तिम दिन घरेलु टोली ३ सय १३ रनमा अलआउट भएपछि वेष्ट इण्डिजले २ सय रनको विजय लक्ष्य पाएको थियो । इंग्ल्यान्डबाट पाएको मध्यम लक्ष्य वेष्ट इन्डिजले ६ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि जेमाइन ब्लाकवुडले ९५ रन बनाउँदा रोस्टन चेसले ३७ रनको योगदान दिए । इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ तथा कप्तान बेन स्टोक्सले २ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन् । इंग्ल्याण्ड र वेष्ट इण्डिजबीचको दोस्रो टेष्ट म्याच यही बिहिबारदेखि म्यान्चेस्टरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा