राखेपको सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान



काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव छनौटका लागि दरखास्त आह्वान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका उम्मेदवारलाई सात दिनभित्र निवदेन दिन आग्रह गरिएको छ । रित नपुगेका निवेदनलाई छनौटमा समावेश नगरिने सूचनामा उल्लेख छ ।

यसैबीच, नयाँ सदस्यसचिव नियुक्ति सिफारिस समितिले पूर्णता पाएको छ । युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सदस्यसचिव नियुक्ति सिफारिस समितिले पूर्णता पाएको हो । मन्त्रालयले शुक्रबार सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिमा दुईजना पदाधिकारी थप्दै पूर्णता दिएको हो । सदस्यसचिव सिफारिस समितिमा संयोजक थपलियासँगै खेलकुदमन्त्री जगतबाहदुर विश्वकर्माले रिम रानाभाट र इन्दिरा निरौलालाई थप गरेका हुन् । समितिमा थपिएका रानाभाट यसै वर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अवकाश प्राप्त कर्मचारी हुन् । यसैगरी निरौला भने परिषद्को पूर्वबोर्ड सदस्य हुन् ।

तीन सदस्यीय समितिले पूर्णता पाएपछि आफ्नो कार्यविधि आफैं बनाएर नयाँ सदस्यसचिवको नाम सिफारिस गर्नेछ । समितिले खुला आह्वानबाट आएका दर्खास्तहरूमध्ये उत्कृष्ट तीनजना उम्मेदवारहरूको नाम सदस्यसचिवका लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा