इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी



इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ । शीर्ष ३ मा रहेर लिग टुंग्याउने दिशामा रहेको चेल्सीले गएराति क्रिष्टल प्यालेसलाई ३—२ ले पराजित गर्यो ।

खेलको छैटौँ मिनेटमा ओलिभर जिरउडको गोलबाट अग्रता लिएको चेल्सीका लागि क्रिष्टियन पुलिसिकले २७ औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर पारे ।

३४ औँ मिनेटमा विलफ्रेड जाहाले क्रिष्टल प्यालेसका लागि एक गोल फर्काए । ७१ औँ मिनेटमा चेल्सीका लागि ट्यामी अब्राहमले गोल गरे भने ७२ औँ मिनेटमा क्रिष्टियन बेनटेकले गोल गरे ।

तेस्रो स्थानको चेल्सीको ३४ खेलबाट ६० अंक भएको छ । पराजित भएको क्रिष्टल प्यालेस ३४ खेलबाट ४२ अंकसहित १४ औँ स्थानमा छ ।

लिग अन्तर्गत मंगलबार राति नै भएको अर्को खेलमा वाट्फोर्डले नर्विच सिटीलाई २–१ ले पराजित गरेको छ । यस्तै अर्को खेलमा लेस्टर सिटी अर्सनलसँग बराबरीमा रोकिएको छ ।

१० खेलाडीमा सीमित सिटीले भएको आर्सनलसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो । २१ औँ मिनेटमा पिएर एमरिकको गोलबाट आर्सनलले सुरुवाति अग्रता लियो ।

७५ औँ मिनेटमा एडी एनकेटिया सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भयो । ८४ औँ मिनेटमा जेमी भर्डीले लेस्टर सिटीका लागि बराबरी गोल गरेर टिमलाई हारबाट जोगाए । चौथो स्थानमा रहेको सिटीको ३४ खेलबाट ५९ अंक भएको छ । आर्सनल ५० अंकसहित सातौँ स्थानमा कायम छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपीएफलाई पराजित गर्दै पुलिसलाई लामाचौर कप भलिबलको उपाधि

गण्डकी । नेपाल पुलिस क्लबले लामाचौर कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

    कास्की । पोखरामा सम्पन्न लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष

अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । श्रीलंका डेभलपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको

पाराओलम्पिकमा कास्य पदक विजेता पलेशालाई प्रचण्डद्वारा सम्मान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य