१५ जना कर्मचारी तथा प्रशिक्षकद्वारा राष्ट्रिय खेलकुद संघबाट राजीनामा
राष्ट्रिय खेलकुद परिषद् (राखेप)कर्मचारी तथा प्रशिक्षकले राजीनामा दिएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का १५ जना कर्मचारी तथा प्रशिक्षकले राष्ट्रिय खेलकुद संघबाट राजीनामा दिएका हुन् ।
गत बिहिबारबाट खेलकुद ऐन २०७७ कार्यान्वयनमा आएसँगै सोमबारसम्म १५ जना कर्मचारी र प्रशिक्षकले विभिन्न राष्ट्रिय खेल संघबाट राजीनामा दिएका छन् । नयाँ ऐनले परिषदका बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकलाई खेल संघका कुनैपनि पदमा बस्न नमिल्ने प्रावधान राखेको छ ।
नयाँ ऐन कार्यान्वयनमा आएसगै राष्ट्रिय खेल संघमा आबद्ध राखेपका कर्मचारी र प्रशिक्षकले राजीनामा दिने क्रम सुरु भएको छ ।