सन्दीप लामिछाने ९० हजार डलरमा सीपीएलमा अनुबन्ध



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछनेले तेस्रोपटक क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने पक्का भएको छ । वेस्ट ईन्डिज क्रिकेट बोर्डले वार्षिक रुपमा गर्दै आएको क्यारेबियन प्रिमियर लिगको खेलाडी ड्राफ्टबाट सन्दिप लामिछानेलाई जमैका तालाबाजले अनुबन्धन गरेको छ ।

उनी कति रकममा आबद्ध भए भन्ने आधिकारिक जानकारी नआए पनि एक करोड नेपाली रुपैयाँभन्दा बढी उनको आधारभुत रकम रहेकाले उनी एक करोड माथिमा अनुबन्ध भएको अनुमान गरिएको छ । उनको मुल्य सिजन २०२० को खेलाडी ड्राफ्टमा ९० हजार डलर मुल्य तोकेका थिए । कोरोना भाइरसको महामारीका कारण अक्सन भर्चुअल ड्राफ्टमा गरिएको थियो ।

सीपीएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा गर्ने प्रस्ताव गरिएको छ । यद्यपि यसका लागि सरकारको स्वीकृति आउन भने बाँकी रहेको छ । सन्दीप पहिलो संस्करणमा ५ हजार तथा दोस्रो संस्करणमा ७० हजार डलरमा अनुबन्ध भएका थिए । अहिले तेस्रो संस्करणमा उनी ९० हजार डलरमा अनुबन्ध भएका छन् । यो सन्दीपको अहिलेसम्मकै सर्वाधिक ठूलो अनुबन्ध पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रथम ‘झापा–१ काठमाडौं कप फुटसल’को उपाधि मेचीनगरलाई

काठमाडौं । प्रथम झापा–१ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि साबिक मेचीनगरले जितेको छ

अफगानिस्तानमाथि नेपालको जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । शनिबार राति

विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी

काठमाडौं ।  विश्व म्याराथन मञ्चमा नेपालकाे दाबेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८

पोर्चुगलद्वारा पोल्यान्ड ५–१ ले पराजित

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले पोल्यान्डलाई ५–१ ले हराएको छ