जर्मन कप फुटबलको उपाधि बायर्न म्युनिखलाई



यस वर्षको जर्मन कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । गएराति भएको फाइनल खेलमा बायर लिभरकुजेनलाई ४–२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

लिभरकुजेनको मैदानमा बायर्नलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यस्तै डेभिड अल्बा र सर्जी नाब्रीले एक एक गोल गरे । लिभरकुजेनलाई काइ हाभर्ट्ज र सेभेन बेन्डरले एक एक गोल फर्काए ।

यससँगै बायर्नले २० औं पटक जर्मन कप फुटबलको उपाधि जितेको छ । बायर्नले लगातार दोस्रो सिजन जर्मन कपको उपाधि जितेको हो । जर्मन कपको उपाधि २० पटक जित्ने बायर्न एक्लो टिम हो ।

बायर्नको यो सिजनको दोस्रो उपाधि समेत हो । यसअघि उसले बुन्डेसलिगाको उपाधि जितिसकेको छ । यो जितपछि बार्यनले लगातार २६ खेलसम्म अपराजित रहने कीर्तिमान पनि बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा