पिसिआर मेसिनका लागि खेलाडीबाट सहयोग


पिसिआर मेसिनका लागि खेलाडीबाट सहयोग उठ्ने क्रम जारी रहेको छ । प्रदेश ७ को डडेलधुरामा स्थापना पिसिआर मेसिनका लागि खेलाडीबाट सहयोग उठ्ने क्रम जारी रहेको हो । यहि क्रममा राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेसहितका खेलाडीले आर्थिक सहयोग गरेको राजधानीबाट अभियानमा सहयोग गरिरहेको ओलम्पियन दीपक विष्टले जानकारी दिएको छ ।

ह्युमानीटि फाउण्डेसन नेपालले डडेलधुरामा पिसिआर मेसिन स्थापनाका लागि आर्थिक अभियानको सुरुवात गरेको थियो । स्थानिय श्याम तायलको अगुवाईमा अभियानको सुरुवात गरेको सञ्चारकर्मी समेत रहेका फाउन्डेसनका संस्थापक सदस्य दीर्घराज उपाध्यायले जानकारी दिए । एक दिनमा ३ सय ८४ जनाको पिसिआर परिक्षण गर्न सकिने मेसिसन स्थापनाका लागि झन्डै १ करोड रुपैयाँ खर्च हुने र अभियानबाट आवश्यक भन्दा बढी रकम संकलन भइरहेको संस्थापक सदस्य उपाध्यायले जानकारी दिए । संकलन बाँकी रकम पनि सोही अभियानमा खर्च हुने उनले जानकारी दिए । मेसिन स्थापना भइसकेको र केहि दिनबाट सेवा सुरु हुने बताइएको छ ।