बायर्नसँग फोर्चुना ५–० ले पराजित



जर्मनीको शिर्ष डिभिजनको लिग फुटबल ‘बुण्डेस लिगा’मा बार्यन म्युनिखले फोर्चुना डुसेलडोर्फलाई ५–० ले हराएको छ ।

रेलीगेशन क्षेत्रमा संघर्ष गरिरहेको डुसेलडोर्फ विरुद्ध बायर्नलाई फराकिलो जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे ।

यसैगरी बेन्जामिन पाभर्ड र अल्फन्सो डेभिजले एक–एक गोल गर्दा डुसेलडोर्फका माटियास यर्गेनसनले एक आत्माघाति गोल गरे ।

यो जितपछि बार्यनले लिगको शिर्ष स्थानमा १० अंकको अग्रता लिएको छ । बार्यनको २९ खेलबाट ६७ अंक छ ।

एक खेल कम खेलेको बोरुसिया डर्टमुण्ड ५७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

बुन्डेस लिगा अन्तर्गत गएराती भएका अन्य खेलहरुमा हर्था बर्लीन, वेडर ब्रेमेन, आईन्त्राच फ्र्याङ्कफर्ट र होफनहाइम पनि विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हङकङलाई १४० रनको लक्ष्य

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङलाई १४० रनको लक्ष्य

आइओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

  अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले  ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्डा सुरू गरेको

‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित

एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो