सागमा पदक जित्ने खेलका प्रशिक्षकले पाए नगद पुरस्कार



काठमाडौं । गत मंसिरमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्ने नेपाली खेलको प्रशिक्षकले नगद पुरस्कार पाएका छन् । युवा तथा खेलकुद मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी नेपाललाई पदक दिलाउने खेलका ६८ प्रशिक्षक र सहायक प्रशिक्षकको बैंक खातामा रकम जम्मा गरिदिएको जनाएको छ ।

प्रशिक्षकहरुले पुरस्कारवापत १ करोड ८६ लाख रुपैयाँ पाएका छन् । यसअघि पदक जित्ने ४३५ खेलाडीको लागि १९ करोड ५३ लाख मन्त्रालयले सम्बन्धित खेलाडीको बैंक खातामा जम्मा गरिदिएको थियो । तर कतिपय प्रशिक्षकको पेश्की फर्छ्यौट नभएको भन्दै उनीहरुलाई नगद पुरस्कार दिइएको थिएन ।

सागमा स्वर्ण जित्ने खेलको प्रशिक्षकले ५ लाख, रजत जित्नेले ३ लाख र कास्य जित्ने २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै स्वर्ण जित्ने खेलका सहायक प्रशिक्षकले ३ लाख, रजत जित्नेले २ लाख र कास्य जित्नेले १ लाख रुपैयाँ पाउनेछन् । १३ औं सागमा नेपालले ५१ स्वर्णसहित कूल २०७ पदक जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश

झापा । चर्च ब्वाइज युनाइटेड काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको  फाइनलमा

मधेशलाई पराजित गर्दै एपीएफ दुई विकेटले विजयी

घोराही । दाङको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप

अस्ट्रेलियाली पूर्व क्रिकेटर म्याकगिल कोकिन आपूर्ति मामिलामा दोषी ठहर

सिड्नी ।  अस्ट्रेलियाका पूर्व टेस्ट क्रिकेटर स्टुअर्ट म्याकगिललाई बिहीबार कोकिन आपूर्तिमा संलग्न भएको

बिएमजे रिलोडेड क्लबद्वारा आयोजित फुटसलमा माउन्ट सगरमाथा प्रथम

काठमाडौं । बिएमजे रिलोडेड क्लबद्वारा सञ्चालन गरिएको फुटसलको उपाधि माउन्ट सगरमाथाले जितेको छ