मनाङलाई छैटौँपटक आहा रारा गोल्डकपको उपाधि



पोखरा । ‘टाइब्रेकर’मा नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लबले पोखरामा सञ्चालन भएको १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहारा क्लब पोखराको आयोजनामा फागुन २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको शनिबार पोखरा रङ्गशालामा सम्पन्न फाइनल खेलमा विभागीय पुलिस क्लबमाथि टाइब्रेकरमा ४–३ को जीत निकाल्दै मनाङ उपाधि चुम्न सफल भएको हो । यससँगै मनाङले छपटक आहा राराको उपाधि उचाल्यो ।

निर्धारित ९० मिनेट तथा थप गरिएको ३० मिनेटको अतिरिक्त समयको खेलमा समेत दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ‘पेनाल्टी सुटआउट’बाट गरिएको थियो । टाइब्रेकरमा मनाङका अन्जन विष्ट, पुजन उपरकोटी, सुरज विक र रन्जन विष्टले गोल गर्नुभएकामा निशान लिम्बूको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले रोक्न सफल भएका थिए ।

पुलिस क्लबका तर्फबाट भोला सिलवाल, हेम तामाङ र बुद्धबल तामाङले गोल गर्दा अजित भण्डारी र तेज तामाङको प्रहार खेलको ‘म्यान अफ दी म्याच’ घोषित मनाङका गोलकिपर अशोक बरालले रोक्नुभएको थियो । उपाधि विजेता मनाङले ट्रफीसहित दश लाख एक हजार तथा उपविजेता पुलिसले पाँच लाख एक हजार पुरस्कार प्राप्त गरे । प्रतिस्पर्धात्मक खेलको नियमित तथा अतिरिक्त समयमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेका थिएनन् । मनाङका अन्जन विष्ट, विमल राना तथा पुलिसका भरत शाह, निरकुमार राईले प्राप्त अवसर खेल फालेका थिए ।

पुलिसले क्वार्टरफाइनलमा आयोजक सहारालाई टाइब्रेकरमा ४–२ तथा सेमिफाइनलमा थ्री स्टार क्लबलाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । मनाङले क्वार्टरफाइनलमा झापा माथि १–० तथा सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबमाथि ३–२ को जीत निकाल्दै फाइनल प्रवेश गरेको थियो । पुलिसका अजित भण्डारी प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित हुँदै एक थान स्कुटर पुरस्कार प्राप्त गरे।

त्यसैगरी मनाङका अशोक बराल उत्कृष्ट गोलकिपर, सुरज विक डिफेन्डर, नितिन थापा मिडफिल्डर, अञ्जन विष्ट उत्कृष्ट फरवार्ड तथा फुजा टोपे उत्कृष्ट प्रशिक्षक घोषित हुँदै जनही १५ हजार तथा ट्रफी पुरस्कार प्राप्त गरे । पुलिसका भरत शाह तथा निरकुमार राई, मनाङका अञ्जन विष्ट, थ्री स्टारका सुशन श्रेष्ठ र सहाराका त्रिदेव गुरुङले समान दुई गोल गर्नुभएकाले सर्वाधिक गोलकर्ताको २५ हजार पुरस्कार पाँचैजनाले दामासाहीले प्राप्त गरेका छन् ।

विजेता क्लब तथा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले पुरस्कार वितरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश

झापा । चर्च ब्वाइज युनाइटेड काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको  फाइनलमा

मधेशलाई पराजित गर्दै एपीएफ दुई विकेटले विजयी

घोराही । दाङको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप

अस्ट्रेलियाली पूर्व क्रिकेटर म्याकगिल कोकिन आपूर्ति मामिलामा दोषी ठहर

सिड्नी ।  अस्ट्रेलियाका पूर्व टेस्ट क्रिकेटर स्टुअर्ट म्याकगिललाई बिहीबार कोकिन आपूर्तिमा संलग्न भएको

बिएमजे रिलोडेड क्लबद्वारा आयोजित फुटसलमा माउन्ट सगरमाथा प्रथम

काठमाडौं । बिएमजे रिलोडेड क्लबद्वारा सञ्चालन गरिएको फुटसलको उपाधि माउन्ट सगरमाथाले जितेको छ