अस्ट्रेलियालाई महिला टी २० विश्वकप क्रिकेटको उपाधि



भारतलाई ८५ रनले परास्त गर्दै अस्ट्रेलिया महिला टी-२० विश्वकप क्रिकेटको विजेता बनेको छ। मेल्बर्नमा आयोजित खेलमा पहिला ब्याटिङ गर्दै आयोजक अस्ट्रेलियाले भारतलाई १८५ रनको लक्ष्य दिएको थियो। तर भारतका सबै खेलाडी ९९ रनमै आउट भए।

महिला दिवसकै दिन एमसीजी रङ्गशालामा आयोजित खेलमा ८६,००० भन्दा बढी दर्शक उपस्थित थिए। भारतकी १६ वर्षीया खेलाडी शेफाली वर्मा पहिलो ओभरमा दुई रन बनाएर आउट भइन् भने जोमिमा रोड्रिग्सले कुनै रन बनाउन सकिनन्।

स्मृति मन्धानाले ११ रन बनाइन् भने हरमनप्रीत पनि धेरै समय मैदानमा टिक्न सकिनन्। टस जितेर अस्ट्रेलियाकी कप्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।