अस्ट्रेलियालाई महिला टी २० विश्वकप क्रिकेटको उपाधि



भारतलाई ८५ रनले परास्त गर्दै अस्ट्रेलिया महिला टी-२० विश्वकप क्रिकेटको विजेता बनेको छ। मेल्बर्नमा आयोजित खेलमा पहिला ब्याटिङ गर्दै आयोजक अस्ट्रेलियाले भारतलाई १८५ रनको लक्ष्य दिएको थियो। तर भारतका सबै खेलाडी ९९ रनमै आउट भए।

महिला दिवसकै दिन एमसीजी रङ्गशालामा आयोजित खेलमा ८६,००० भन्दा बढी दर्शक उपस्थित थिए। भारतकी १६ वर्षीया खेलाडी शेफाली वर्मा पहिलो ओभरमा दुई रन बनाएर आउट भइन् भने जोमिमा रोड्रिग्सले कुनै रन बनाउन सकिनन्।

स्मृति मन्धानाले ११ रन बनाइन् भने हरमनप्रीत पनि धेरै समय मैदानमा टिक्न सकिनन्। टस जितेर अस्ट्रेलियाकी कप्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिकोणात्मक क्रिकेटमा नेपालद्वारा नेदरल्यान्ड्स पराजित

काठमाडौँ । कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी साझेदारी गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी

त्रिकोणात्मक ट्वान्टी–२० शृखंलाको च्याम्प्यिन ट्रफी सार्वजनिक

काठमाडौं । नेपाल, मलेशिया र नेदरल्यान्ड्सबीच आयोजना हुने त्रिकोणात्मक ट्वान्टी–२० शृखंलाको च्याम्प्यिन ट्रफी

आइपीएल टी–ट्वान्टीमा दिल्लीलाई हराउँदै राजस्थानको रोमान्चक जित

भारतमा जारी १४ औं संस्करणको आईपीएल टी–ट्वान्टी प्रतियोगितामा राजस्थान रोयल्सले पहिलो जित निकालेको

म्यानचेष्टर युनाइटेड र आर्सनल युरोपा लिगको सेमिफाइनलमा

इंग्लिस क्लबद्वय म्यानचेष्टर युनाइटेड र आर्सनल युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार