राज्यमन्त्री विश्वासलाई मायाको चिनो प्रदान
प्रदेशस्तरीय प्रथम बेलवारी मेयर कप तेक्वाण्डो प्रतियोगितामा झापाका खेलाडीलाई विजयी शिल्ड प्रदान गरेको छ । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वास मोरङको बाहुनीमा आइटिएफ तेक्वाण्डो डोजाङ बेलवारीद्वाराँ सम्पन्न प्रदेशस्तरीय प्रथम बेलवारी मेयर कप तेक्वाण्डो प्रतियोगितामा टीम समूह विजयी झापाका खेलाडीलाई शिल्ड प्रदान गरेको हो ।
आइतबार सम्पन्न प्रतियोगितामा १० जिल्लाका ६० महिलासहित १८४ खेलाडीको सहभागिता थियो । उक्त खेलमा डोजाङका प्रशिक्षक चतुरलाल चौधरीले वातावरण राज्यमन्त्री विजयकुमार विश्वासलाई प्रदेशस्तरीय प्रथम बेलबारी मेयर कप तेक्वाण्डो प्रतियोगिता कार्याक्रममा मायाको चिनो प्रदान गरेको थियो ।
तस्वीरः मनोज दाहाल÷रासस