राष्ट्रिय खेलकूद परिषद्द्वारा खेलकूदका सबै कार्यक्रम स्थगित



काठमाडौै । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ ।
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद प्रतियोगितालगायत सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले कोरोना भाइरसले पार्ने प्रभाव र जोखिमलाई न्यूनीकरण गर्न राखेपले खेल कार्यक्रम स्थगित गर्ने निर्णय गर्नुपरेको जानकारी दिए । शुरु नभएका खेलकूद प्रतियोगिता तथा कार्यक्रम रोक्न सम्बन्धित खेलकूद सङ्घ संस्था तथा सरोकारवाला निकायलाई अनुरोध गरिएको उनले बताए ।

सञ्चालन भइरहेका कार्यक्रम निर्धारित तालिकाअनुसार नै सम्पन्न हुने जनाइएको छ । दर्शकको भीड रहने भएकाले खेलूदका कार्यक्रम अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गर्नुपरेको राखेपले जनाएको छ । मन्त्री विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको प्रभाव र जोखिमलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको