नेपालका प्रिन्स विश्व वरियताको १०औँ स्थानमा



काठमाडौं । नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व बरियताको १०औँ स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासङ्घले मंगलबार सार्वजनिक गरेको विश्व जुनियर ब्याडमिन्टनतर्फको वरियतामा प्रिन्स १०औँ स्थानमा पुग्न सफल भएका हुन् ।

यसअघि महासङ्घले गत पुस अन्तिम साता निकालेको विश्व वरियतामा उनी ११औँ स्थानमा, पुस दोस्रो साता १४औँ स्थानमा तथा मङ्सिरमा ३२औँ स्थानमा थिए । विश्व जुनियर ब्याडमिन्टनमा नेपालबाट विश्व वरियताको शीर्ष १० मा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी बनेका छन् ।

उक्त वरियताको शीर्ष स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ छन् । दोस्रो स्थानमा भारतका मिइराव लुवाङ तथा तेस्रो स्थानमा पनि भारतकै बरुण कपुर रहेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता सिनियरतर्फ तथा यु–१९ जुनियर खेलाडीको वरियता निर्धारण गर्ने गर्छ । प्रिन्स ‘जर्मन जुनियर इन्टरनेशनल सिरिज’ खेल्ने क्रममा हाल जर्मनीमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसियाडमा चीनको वर्चस्व

आयोजक राष्ट्र चीनले सोमबार पनि एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ ।

महिला फुटबलमा जापानले हान्यो नेपाललाई आठ गोल

काठमाडौं । १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोली जापानसँग

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल यू–१९ साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

एसियाली खेलकुदमा नेपालको निराशाजनक प्रदर्शन

हाङ्जाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन