सिंगापुरद्वारा १२८ रनले दोस्रो जित



काठमाडौं । सिंगापुरले मलेसियालाई १२८ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पार्न सफल भएको छ । सिंगापुरले एसीसी इस्टर्न रिजन क्रिकेटमा मलेसियालाई १२८ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।

थाइल्याण्डमा भइरहेको प्रतियोगितामा फराकिलो हारपछि मलेसियाको ८ खेलको अपराजित यात्रा समेत टुङ्गिएको छ । हङकङविरुद्ध ५ खेलको टी(२० अन्तर्रा्ष्ट्रिय सिरिज क्लिनस्वीप गरेको मलेसियाले यही इस्टर्न रिजनमा नेपाल र थाइल्याण्डलाई पराजित गरेको थियो । लगातार दुई जितपछि सिंगापुर ४ अंकसहित शीर्षस्थानमा छ । २ खेल खेलेको सिंगापुर अपराजित छ । सिंगापुरले पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो । ३ खेल खेलिसकेको मलेसियाको ४ अंक भएपनि रनरेटमा पछि पर्दै दोस्रोमा छ ।

अब बाँकी खेलमध्ये एउटा खेल मात्र नेपालको अनुकुल भएन भने उपाधि जित्ने लक्ष्य राखेको नेपाल शीर्ष दुईको होडबाट बाहिरिँदै एसिया कपबाट समेत टाढिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चुके एफसी र कोलम्बस स्टार विजयी

काठमाडौं । अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ

इंग्ल्याण्डमाथि पाकिस्तानको तीन रनको जित

काठमाडौँ । इंग्ल्याण्डविरुद्धको चौथो टी २० क्रिकेटमा पाकिस्तानले रोमाञ्चक जित हात पारेको छ।

नवौँ राष्ट्रिय खेलकुद असोज २८ बाट सुरु हुँदै, खेलस्थलको भने बल्ल मर्मत सुरु

कृष्ण दवाडी, कास्की । यही असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा

ओहायो इन्ट्रा कप फुटबलमा एफसी युनाइटेड फाइनलमा

काठमाडौं । शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी