दमक सुपर लिग क्रिकेट प्रतियोगिता आयोजना हुने



झापा । दमकमा दुई दिवसीय यु–१६ दमक सुपर लिग क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । शुक्रबार दमक क्रिकेट क्लब र पेट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टरले  पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत २९ गतेदेखि आयोजना हुने जानकारी गराएको हो ।

१५ दिनसम्म चल्ने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ । सहभागि टोलीहरुलाई दुई समुहमा बिभाजन गरिएको छ । राउण्ड रोबिन लिगपछि पहिलो स्थान हासिल गर्ने दुई टोली सिधै फाइनलमा प्रवेश गर्नेछन् ।

 

टोलीहरुमा पेट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टर, सुन्सरी जिल्ला क्रिकेट संघ, बिराटनगर क्रिकेट क्लब, ग्रेट हिमालय क्रिकेट एकेडेमी, ओसिस क्रिकेट एकेडेमी रहेका छन् । अर्को टोलीको सहभागित हुन निश्चि हुन बाँकी रहेको क्लबले जनाएको छ ।

आयोजक पेट्रियोटिकका सचिव दिपेश रिमालले खेल अवधि भर १५ दिन आउने प्रत्येक दर्शकको उपस्थितिमा एक रुपैया धुर्मुस सुन्तलीको परियोजना गौतब बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रँगशालाको लागि सहयोग गर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकेश बमको आक्रामक शतक जितका लागि अपर्याप्त, आयरल्याण्ड ए सँग नेपाल पराजित

काठमाडौं । लोकेश बमको कीर्तिमानी शतकमा आयरल्यान्ड ए विरुद्धको पहिलो खेलमा नेपाल ए

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप