प्रिन्ससहित तीन सदस्यीय टोली युरोप प्रस्थान



काठमाडौं । नेपाली ब्याडमिन्टन प्रिन्स दाहालले युरोपमा दुई जुनियर यन्टरनेशनल च्याम्पियन खेल्ने भएका छन् । त्यसका लागि प्रिन्ससहित तीन सदस्यीय टोली मंगलबार युरोप प्रस्थान गरेका हुन् । प्रिन्सले नेदरयाण्ड र जर्मनीमा एक(एक सिरिज खेल्नेछन् ।
प्रिन्स विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ)को जुनियर वरियतामा ११औं स्थानमा रहेका छन् । विश्व वरियताकै उनले दुई सिरिज खेल्ने अवसर पाएको छ । प्रिन्सले यसअघि दुबई जुनियर इन्टनेशन सिरिजमा स्वर्ण जितेका थिए । उनले सुरुमा नेदरल्याण्डमा खेल्नेछ । नेदरल्याणड्समा योनेस्क डच जुनियर इन्टरनेशनल यही फेब्रुअरी २६ देखि मार्च १ सम्म हुनेछ । त्यसपछि जर्मनीमा हुने सिरिजका लागि प्रिन्स जर्मनी जानेछन् । जर्मन सिरिज मार्च ३ देखि ८ सम्म हुनेछ ।

प्रिन्सको टिमलाई मंगलबारै काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापा, अम्पायर उदय अर्याललगायतले बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा

एएफसी यू–२० एसियन कप छनोटमा नेपाल बहराइनसँग पराजित

काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ४–०