थ्रि स्टार क्लबको सिजनको शुखद् अन्त्य



काठमाडौं । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबलाई पराजित गर्दै थ्रि स्टार क्लबले सिजनको शुखद् अन्त्य गरेको छ ।

थ्रिस्टारले च्यासललाई २–० गोल अन्तरले पराजित गर्दै सिजनको अन्त्य गरेको छ । योसँगै थ्रीस्टार १२ खेल खेलेको मनाङ भन्दा १ अंकले अगाडि रहेको छ । १३ खेल खेलेको थ्रीस्टारले ८ खेलमा जीत २ खेलमा बराबरी र ३ खेलमा हार व्येहोर्दै २६ अंकसहित लिगको अन्त्य गरेको छ । अन्तिम खेलमा च्यासलविरुद्ध थ्रीस्टारका लाल राम्मभारा र अनन्त तामाङ समान एक–एक गोल गरे ।

खेलको ७० औं मिनेटमा लालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने खेलको अतिरिक्त समयमा तामाङले गोल गर्दै टिमलाई दोहोरो अग्रतासहित जीत दिलाएका थिए । च्यासलले १५ अंकसहित आठौं स्थानमा रहँदै लिगको अन्त्य गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।