काठमाडौं । श्रीलंकाका पूर्व कप्तानले नेपालको लिग खेल्ने भएको छ । एभेरेष्ट प्रिमियर लिग (इपीएल) मा श्रीलंकाका पूर्व कप्तान उपुल थरंगाले यो लिग खेल्ने भएको हो । एक पछि अर्को विदेशी खेलाडी भित्र्याउने क्रममा श्रीलंकाका पूर्व कप्तान उपुल थरंगाले पनि यो लिग खेल्ने भएका हुन् ।
एभेरेष्ट प्रिमियर लिग (इपीएल) मा उनले ललितपुर प्याट्रियट्सबाट खेल्ने भएका हुन् । ३४ वर्षीय थरंगा तीनै फम्र्याटका खेलाडी हुन् । टेस्ट, एक दिवसीय र टी–ट्वान्टी खेलेका थरंगा छोटो फम्र्याटका पूर्व कप्तान समेत भइसकेको छ । बाँयाहाते ब्याट्सम्यान थरंगा पार्टी टाइम विकेट किपर समेत हुन् ।

प्रतिक्रिया