भारतको दोस्रो टी(२० मा ७ विकेटको सहज जित



काठमाडौं । भारतले न्युजिल्याण्ड विरुद्धको दोस्रो टी(२० क्रिकेट खेलमा ७ विकेटको सहज जित हात पारेको छ । जितपछि भारतले ५ खेलको सिरिजमा २(० को अग्रता समेत बनाएको हो ।

ओपनर राहुलले अविजित ५७ रन बनाएपछि भारतले १३३ रनको लक्ष्य १७.३ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको छ । अर्का ओपनर रोहित शर्मा ८ र कप्तान विराट कोहली ११ रनमै आउट भए पनि राहुलले इनिङ्स सम्हालेका थिए । उनले तेस्रो विकेटका लागि श्रेयास अयेरसंग ८६ रनको साझेदारी गरे । राहुलले ५० बल खेल्द ३ चौका र २ छक्काको मद्दतमा ५७ रन बनाए । अयेरले ३३ बल खेल्द १ चौका र ३ छक्का मद्दतमा ४४ रन योगदान गरे । शिवम दुवेले ८ रनमा अविजित रहे । न्युजिल्याण्डका लागि टिम साउदीले २ विकेट लिए । त्यसअघि अकल्याण्डस्थित एडन पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १३२ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि ओपनर मार्टिन गप्टिल र टिम सेइपर्टले सर्वा्धिक ३३(३३ रन बनाए । गप्टिलले २० बल खेल्दै ४ चँका र २ छक्का प्रहार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काभा यु-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ

  काठमाडौँ । नेपाल भलिबल सङ्घले माल्दिभ्सको मालेमा हुने काभा यु–२० महिला भलिबल

खेलकुद पूर्वाधारलाई पहिलो प्राथमिकता राख्न नवनियुक्त मन्त्री चौधरीको निर्देशन

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम

अर्जेन्टिनालाई कोपा अमेरिका फुटबलको उपाधि

काठमाडौं । कोपा–अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा कोलम्बियालाइ १–० गोलले

स्पेनलाई चौथो पटक युरोकपको उपाधि

काठमाडौँ । स्पेनले चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको