मनाङद्वारा सरस्वती युथ क्लबलाई १-० गोल अन्तरले पराजित



काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कतार ऐयरवेजसहित स्मारक ’ए’ डिभिजन लिगमा साविकको विजेता टोली मनाङ मर्स्याङ्दीले जित हात पारेको छ । शुक्रबार भएको खेलमा मनाङले सरस्वती युथ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोल रहित बराबरी खेलेको मनाङका लागि खेलको ४६ औँ मिनेटमा विमलले हेडमार्फत गोल गर्दै महत्वपूर्ण तीन अंक दिलाए । जितसँगै मनाङले शीर्ष स्थानको आर्मी र दोस्रो स्थानको मच्छिन्द्र क्लबसँग अंक बाराबरी गरेको छ । आठ खेल खेलेको मनाङको चार जित र चार बराबरीसँगै १६ अंक छ ।

मनाङ तालिकाको तेस्रो स्थानमा उक्लेको छ । मनाङ प्रतियोगिताको एक मात्र अपराजित टोली हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त